मकवानपुर–१ मा रास्वपाका गौतम विजयी

हेटौंडा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा हेभिवेट उममेदवारहरुलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् । उनले ३६ हजार ३३ मत ल्याएर विजय भएका हुन् ।

उनले पाँचौ पटक निर्वाचनमा होमिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई पराजित गरे । डिनाले १४ हजार ३८ मत ल्याइन् । प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए ।

अघिल्लो निर्वाचनका विजेतासमेत रहेका राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा खुम्चिँदै ४ हजार ५७४ मतमा चित्त बुझाए । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत ल्याएका छन् । १ नम्बर क्षेत्रमा ९५ हजार ३ सय १० मत खसेको थियो ।

२०६४ को संविधानसभा निर्वाचनमा हार व्यहोरेका एमालेका रानाको संघीय संसद प्रवेशको दोस्रो प्रयासमा ‘ब्रेक’ लागेको छ । कांग्रेसकी डिनाले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट राप्रपाका सिंहसँग पराजय भोगेकी थिइन् । अघिल्लो निर्वाचनमा सिंहले २७ हजार ८ सय १६ र डिनाले २५ हजार ४ सय ३४ मत ल्याएका थिए ।

डिनाले पाँचौं पटक प्रत्यक्ष निर्वाचन हारेकी छन् । उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट संसद प्रवेश पाएकी थिइन् । नेकपाका गौतमले पहिलो पटक चुनाव लडेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.