मकवानपुरमा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो दल

हेटौंडा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मकवानपुरको दुवै क्षेत्रमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० समानुपातिकतर्फ पनि पहिलो बनेको छ। मकवानपुरका दुवै क्षेत्रमा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो।

क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८३४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यो संख्या प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा तीन हजार ८०१ बढी हो। यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका थिए।

क्षेत्र नम्बर १ मा राष्ट्रिय परिवर्तन पार्टीले १५ हजार ७० मत ल्याउँदै दोस्रो हुँदा नेकपा एमालेले ११ हजार २२७ मत र नेपाली कांग्रेसले १० हजार ७७६ मत प्राप्त गरेको छ।

प्रत्यक्षतर्फ १४ हजार ३८ मतसहित दोस्रो स्थानमा रहेको कांग्रेस समानुपातिकमा भने चौथो स्थानमा सीमित भएको छ। नेपाली कम्युनिस्ट पार्टीले ८ हजार ४६७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले ४ हजार ७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले एकहजार ६२४ मत प्राप्त गर्दा मंगोल नेसनल अर्गनाइजेसनले ३५६ र जनमत पार्टीले १७३ मत प्राप्त गरेका छन्।

मकवानपुरको क्षेत्र नम्बर २ मा पनि रास्वपा नै पहिलो स्थानमा रह्यो। रास्वपाले ३३ हजार ८५८ मत प्राप्त गर्दा नेकपा एमाले १६ हजार ४७३ मतसहित दोस्रो स्थानमा रहेको छ। एमालेले प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा यो संख्या दुई हजार ३७३ ले कम हो। एमालेका उम्मेदवारले प्रत्यक्षतर्फ १८ हजार ८४६ मत प्राप्त गरेका थिए। यस क्षेत्रमा नेपाली कांग्रेसले १२ हजार ८६२ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ९ हजार ६७९ मत पाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले ९ हजार ४३१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ५०४ मत पाएको छ। श्रम संस्कृति पार्टीले एक हजार ४६७ मत प्राप्त गरेको छ भने मंगोल नेसनल अर्गनाइजेसनले ३२४ र जनमत पार्टीले २३५ मत प्राप्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.