मकवानपुरका रास्वपा जिल्ला सभापतिले छाडे पार्टी

हेटौंडा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ । पछिल्लो तीन सातायता केन्द्र, प्रदेश र स्थानीय तहका प्रभावशाली नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली सर्लाही पुगेर काङ्ग्रेसमै फर्किएका छन् ।
नेपाली काङ्ग्रेसका सभापति गगन थापा सामु पुगेर काङ्ग्रेस फर्किएका हुन्। उनी यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनीहरूको आरोप छ ।

त्यसअघि रास्वपाका केन्द्रीय तहका नेता प्रणय शमसेर राणाले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गरे ।

गुप्त सेन ठकुरी सुस्ता गाउँपालिका उपसभापति, पश्चिम नवलपरासी सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले हालै पार्टी परित्याग गरेका छन्। उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाजु हुन् ।

बागमती प्रदेश उपसभापति वागमती प्रदेश उपसभापति दिपेन्द्र हुमागाईंले फागुन ६ गते राजीनामा दिए। उनले सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिताको अभाव, टिकट छान्नमा भेदभाव, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र पार्टी विधानको अवमानना भएको आरोप लगाए । प्युठानका नगर सदस्य सूर्यबहादुर गैरेले रास्वपा छाडेर नेपाल कम्युनिस्ट पार्टी एमालेप्रवेश गरेका छन् ।

त्यसअघि मधेस प्रदेश संस्थापक सभापति, मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि फागुन ६ गते पार्टी परित्याग गरिन्। उनले सुशासन र पारदर्शिताको वाचा पूरा नभएको आरोप लगाइन्। यसैगरी बर्दघाटका नेता जीतबहादुर हरिजनले फागुन ९ गते पार्टी छोडे । देशभर नयाँ र पुराना दलबीच प्रतिस्पर्धा चर्किएको भनिए पनि व्यवहारमा पुराना दलको संगठनात्मक जरा बलियो देखिन्छ। नयाँ दलहरू भने आन्तरिक व्यवस्थापनमै व्यस्त हुँदा अपेक्षित प्रतिस्पर्धा कमजोर देखिएको विश्लेषको तर्क छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.