मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्छ ः एमाले उम्मेदवार बर्तौला

हेटौंडा प्रतिनिधि सभा क्षेत्र नम्वर–२ का एमालेतर्फका उम्मेद्वार महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने बताएका छन् ।
मध्यवर्ती क्षेत्रको कारण मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका केही वडामा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको उनले बताए ।

आईतवार मनहरी गाउँपालिकामा मतदाताहरुसँग भेटघाट गर्दै बर्तौलाले मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको बताए । सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएकोमा समेत उनले असन्तुष्टि व्यक्त गरे ।
‘मध्यवर्ती क्षेत्र खारेज गर्नपर्छ । यस क्षेत्रको वनलाई राष्ट्रिय वन ऐन २०७६ बमोजिम समुदायले ल्याएको वन क्षेत्रको संरक्षण गर्छ ,’ उनले भने , ‘वन क्षेत्रको यँहिको समुदायले अगाडि बढाउँछ । ’

उनले खारेजी गर्न नसकेसम्म कुरा उठाउनुका साथै सिमाना हेरफेर गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘आफ्नो निजि जमिनमा पनि एउटा घर बनाउनका लागि स्थानीय सरकारको अनुमति नभई निकुञ्ज प्रशासनको अनुमति लिनुपर्ने समस्या छ । ’
बर्तौलाले २ नम्वर क्षेत्रमा देखिएको भुमि समस्या सम्बन्धीको समाधान पनि एमालेले गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.