गाँजालाई कानुन संसोधन मार्फत आय आर्जनको श्रोतको रुपमा बिकास गर्ने बिष्टको प्रतिवद्धता

हेटौँडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार लवशेर बिष्टले गाँजालाई कानुन संसोधन मार्फत आय आर्जनको श्रोतको रुपमा बिकास गर्ने गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार हेटौंडामा आयोजिक पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता सार्वजनिक गर्दै बिष्टले गाँजालाई कानुन संसोधनलाई प्राथमिकतामा राखेका हुन् ।

विष्टले भुमिहिन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यालाई समाधानको लागि बिद्यमान कानुनलाई परिमार्जन गर्दै गर्दै जनतालाई जग्गाधनी लालपुर्जा बितरणमा पुर्णतया जनताको जनप्रतिनिधि भएर उभिने र काम गरिने उल्लेख गरिएको छ ।
साथै , उनले नदि तटीय क्षेत्रको बस्ती संरक्षण र झोरा नियन्त्रणमा बिशेष ध्यान दिई सुरक्षित मानव बस्तीको बिकासमा बिशेष पहल गरिनुका साथै एकीकृत बस्तीको अवधारणालाई अगाडि बढाईने प्रतिवद्धता गरे ।

विष्टले मानव र जङ्गली जीव जन्तु बिचको द्वन्द्व न्यूनीकरणको लागि बिद्युतिय झट्का ÷ कंक्रिट वालको ब्यबस्थापनमा जोड तथा कृषि बाली तथा पिडितलाई क्षतिपूर्तीमा न्यायोचित बितरणमा बिशेष पहल गरिने उल्लेख गर्नुका साथै गुणस्तरिय एवं सर्वसुलभ शिक्षामा आम जनताको पहुँच स्थापना गर्न पहल गरिने बताए ।

साथै विष्टले भौतिक पुर्वाधार विकास तर्फ चित्लाङ चन्द्रगिरी सुरुङ्ग मार्ग निर्माणमा पहल गरिने उल्लेख गरिएको छ । उनले मकवानपुर निर्वाचन क्षेत्र २ भित्र अत्यावश्यक ठाउँमा पुल तथा भवनहरू निर्माणमा पहल कदमी लिईने जानकारी दिए ।

क्षेत्रीय सडक सन्जाललाई स्तरिकरण गर्दै राष्ट्रिय राजमार्गमा जोड्ने प्रयास तथा पहल कदमी लिईने विष्टको प्रतिवद्धता पत्रमा समेटिएको छ ।
पर्यटन क्षेत्रको बिकास तर्फ उनले निर्वाचन क्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बद्र्धन संग सङ्गै नयाँ पर्यटकीय क्षेत्रको प्रबद्र्धनमा विशेष जोड दिईने जनाएको छ ।

साथै खेलकुद क्षेत्र तर्फ विष्टले खेलकुदमा २ नम्बर निर्वाचन क्षेत्रलाई अझ सशक्त राष्ट्रिय स्तरमै खेल प्रती थप माहोल सृजना गराउनको लागि र खेलाडी उत्पादनको लागि भौतिक संरचना निर्माण र प्राबिधिक पक्षमा बिशेष ध्यान दिई कार्य सम्पादन गरिने प्रतिवद्धता व्यक्त गरे ।
कृषि क्षेत्रको बिकास तर्फ उनले खेती योग्य जमिनलाई पुर्णतः सिंचाइ सुबिधा पुयाउन सक्दो प्रयास गरिनुका साथै कृषिमा आधुनिकीकरण सहित भौगोलिक क्षेत्र बिशेष उत्पादन क्षेत्रको बिकास सङ्गै कृषिलाई प्रमुख आर्थिक श्रोतको रूपमा बिकास गरिने बताए ।
विष्टले स्वास्थ्य क्षेत्रको बिकास तर्फ स्वास्थ्य सेवालाई जनतामा सहज पहुँच र छरितो बनाउन अस्पतालहरूमा आवश्यक जनशक्ति (डाक्टर ÷ प्राबिधिक) ब्यवस्थापनमा विशेष ध्यान दिईने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.