हेटौंडा । नेकपा एमाले तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बर्ताैलाले भूमि समस्या समाधानको कानूनी सुनिश्चितता गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बर्तौलाले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा देखिएको भूमि समस्यामा देखिएको कानूनी जटिलतालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बर्र्ताैलाले मानव र वन्यजन्तुबीचको द्धन्द्ध व्यवस्थापन र न्यायोचित क्षतिपूर्तिको पहल गर्नुका साथै मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर गर्न पहल गर्ने जनाए । साथै , पूर्वाधार विकासतर्फ जनसरोकारका खानेपानी तथा सिँचाइ आयोजना, कृषि तथा सञ्चार पूर्वाधार, वस्ती संरक्षण तटबन्धन, सडक र पुल लगायतका पूर्वाधार निर्माणमा भुमिका खेल्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
उनले रूपचन्द्र विष्ट मार्ग (मनहरी राक्सिराङ–कैलाश थाहा जोड्ने सडक) निर्माण र स्वास्थ्यमा नागरिकको सहज र सरल पहुँच स्थापित गर्ने प्रतिवद्धता जनाएको छ ।
कृषि क्षेत्रतर्फ बर्तौलाले दुग्धजन्य र मासुजन्य पदार्थ उत्पादनको बजार निर्माण र विस्तार गर्न ‘खोरेतमुक्त मकवानपुर’ , बाँदर, बँदेल, मृग, दुम्सी लगायत वन्यजन्तुबाट किसानहरूको खेतीबालीमा हुने क्षतिको न्यायोचित क्षतिपूर्ति र नियन्त्रणका लागि कानूनी एवं संरचना निर्माण र रोजगार÷स्वरोजगार सिर्जना तथा गरीबी निवारणका लागि सहकारी, कृषि र वन स्रोतको परिचालन र उपयोगमा पहल गर्ने जनाएको छ
।
बर्तौलाले राक्सिराङ–कैलाश गाउँपालिका समृद्धि विशेष कार्यक्रम सञ्चालन गर्न पहल गर्नुका साथै उत्तरी मकवानपुरको थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर पर्यटन सर्किट निर्माणमा पहल गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रतर्फ एक पालिका, एक आवासीय विद्यालय लगायत शैक्षिक पूर्वाधारहरूको निर्माण , युवा पलायन रोक्न ‘पढ्दै, कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता र कार्यान्वयन गर्नुका साथै सांसद र संसदीय मामिलासँग युवा÷विद्यार्थी कार्यक्रम सञ्चालन गरिने जनाए ।
मदन भण्डारी क्षेत्रीय रंगशाला (मनहरी) निर्माण गर्न आफ्नो विशेष पहल रहने र युवा उद्यमलाई प्रोत्साहित गरी रोजगार र स्वरोजगार सिर्जना गर्न व्यावसायिक क्षमता अभिवृद्धि, उद्यम कर्जा सहजता तथा स्टार्टअप कर्जाको आकार र रकमको सीमा वृद्धि गर्ने प्रद्धिवता पत्रमा उल्लेख गरिएको छ ।
उनले चेपाङ विकास कार्यक्रम सञ्चालनमा पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । बर्तौलाले कानून र नीति निर्माणमा जनताको सहभागिता सुनिश्चितता , ७. विभिन्न जाति, जनजाति, सिमान्तकृत समुदाय, महिला, दलित, अपाङ्गता भएका व्यक्तिको मानव अधिकार र ज्ञान, सीप तथा संस्कृक्तिको संरक्षण र प्रवर्धन , देशव्यापी रूपमा चिन्ताजनक ढङ्गले बढिरहेको लागुऔषध दुव्र्यसनलाई न्यूनीकरण तथा नियन्त्रणका लागि कानूनी र संरचनागत संयन्त्र सुधारमार्फत राष्ट्रव्यापी अभियान र कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ ।
साथै , जनताका विकास आयोजनाहरूको मागलाई सम्बोधन गर्न संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गर्नुका साथै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरी मकवानपुरमा उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्न लगानीको वातावरण निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।








