मकवानपुरमा २ बजेसम्म १ लाख ६६ हजार ७३ मत खस्यो

हेटौंडा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो २ बजेसम्म १ लाख ६६ हजार ७३ मत खसेको छ।  प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार २ बजेसम्म महिला ४९ हजार ३१३ र पुरुष ५७ हजार ३५९ मत खसेको हो।

मतदान साँझ ५ बजेसम्म मतदान हुनेछ। दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल छन्। ३७४ वटा मतदान केन्द्र छन्। मकवानपुरमा मतदाता तीन लाख १५ हजार ३३४ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर-१ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ तथा क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन्।

मकवानपुर क्षेत्र नम्बर -१ मा १६ दलीय र ५ जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर-२ मा १३ दलीय र १० स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.