मकवानपुरको १ र २ को मतगणना सुरु

हेटौंडा मकवानपुर १ र २ मा मतगणना सुरु भएको छ । मकवानपुरकी मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार शुक्रवार बिहान सर्वदलीय बैठक बसेर अपरान्ह साँढे १२ बजेदेखि मतगणा सुरु भएको हो ।

मतगणना हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा जारी छ । मतगणनाका लागि चार वटा कोठा तयार पारिएको छ । मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताईन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरमा १ लाख ८६ हजार ५५१ मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि ढकालका अनुसार मकवानपुरमा पुरुष ९६ हजार ६३४ महिला ८९ हजार ९१२ र अन्य ५ गरी १ लाख ८६ हजार ५५१ मत खसेको हो ।
५९।१६ प्रतिशत मतदान भएको र शान्त वातावरणमा मतदान भएको ढकालको भनाई छ । मकवानपुरमा मतदाता तीन लाख १५ हजार ३३४ रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर– १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ तथा क्षेत्र नम्बर–२ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता रहेका थिए ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल रहेको थियो भने ३७४ वटा मतदान केन्द्र रहेको थियो ।  मकवानपुर क्षेत्र नम्वर– १ मा १६ दलीय र ५ जना स्वतन्त्रगरी २१ जना उम्मेद्वार थिए भने क्षेत्र नम्वर २ मा १३ दलीय र १० स्वतन्त्रगरी २३ जनाले उम्मेद्वारी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.